फाइल फोटो
काठमाडौँ, १९ बैशाख । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने निर्णय बदरको मागसहित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।
एआईजी पोखरेलले आफूभन्दा कनिष्ठ एआईजी धिरजप्रताप सिंहलाई सरकारले विधि मिचेर बढुवा गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेको हो । पोखरेलको रिट दर्ता भएर पर्सि बुधवारका लागि पेसी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।
मन्त्रिपरिषद्को हिजोको बैठकले एआईजी सिंहलाई आईजीपी बनाउने निर्णय गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्