मकवानपुर, १९ बैशाख । मकवानपुरको घट्टेपाखामा लोडर दुर्घटाना हुँदा २ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार निजगढ-काठमाडौं दुतमार्ग (फास्ट ट्रयाक) सडक खण्ड अन्तर्गत पर्ने बकैया गाउँपालिका वडा नम्बर–११ घट्टेपाखामा लोडर अचानक सिमात खोलमा खस्दा दुई जनाको मृत्यु भएको हो ।
लोडरमा ५ जना चिनीया र १ जना नेपाली नागरिक रहेको र दुर्घटनामा ६ जना नै खोलामा खसेको प्रहरीले जनाएको छ । घाइते मध्ये चिकित्सकले २ जनालाई मृत घोषणा गरिसकेको प्रहरीले जनाएको छ । मृतक र घाइतेको पहिचान खुलिनसकेकाले विस्तृत विवरण आउन बाँकी रहेको छ ।










प्रतिक्रिया दिनुहोस्