काठमाडौँ, २० बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट सुनसहित एक पुरूषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार आज बिहान करिब ७ बजे कुवेतबाट जजिरा एअरमार्फत काठमाडौं आएका एक यात्रुबाट सुन बरामद गरेको हो ।
रुपन्देहीका २८ वर्षीय सरोज कार्की पक्राउ परेका हुन् । विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्ने क्रममा उनले ल्याएको मिक्सरको भित्री भागमा फल्स बटम बनाइ करिब १०० ग्राम सुनलाई बाहिर कालो टेपले बेरेर लुकाइ ल्याएको फेला परेको हो ।
भन्सार ऐन, २०६४ तथा आर्थिक ऐन, २०७८ अनुसार विदेशबाट नेपाल आउने नेपाली यात्रुले अधिकतम १०० ग्रामसम्म काँचो सुन लिएर आउँदा भन्सार कार्यालयमा घोषणा गरी भन्सार राजस्व तिरेर ल्याउन पाउने कानूनी व्यवस्था छ ।










प्रतिक्रिया दिनुहोस्