समाचार

चट्याङ लागेर एकको मृत्यु, एक घाइते



ओखलढुङगा, २२ बैशाख । जिल्लाको लिखु गाउँपालिका-८ टारकेराबारी बस्ने ४४ वर्षीय देवबहादुर दर्जीको चट्याङ लागेर मृत्यु भएको छ ।

गएराति देवबहादुर र सोही ठाउँ बस्ने ४० वर्षीय मेघबहादुर दर्जी घर नजिकै रहेको चौतारामा बसिरहेको बेला चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते भएका उनीहरूलाई उपचारको लागि तामाकोशी अस्पताल रामेछाप पठाइएकोमा उपचारको देवबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मेघबहादुरलाई भने थप उपचारको लागि ललितपुरस्थित पाटन अस्पताल रिफर गरिएको छ ।