Banner News

अहिले रेणुलाई सहयोग गर्नुस्, भोलि छोडिदिनुस् भनौंला: सभापति देउवा



चितवन, २१ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रको मेयरका उम्मेदवार रेणु दाहाललाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।

चितवनको भरतपुरमा बिहीबार आयोजित सभामा देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको आरोप लगाउनुभयो । उहाँले भोलि राम्रो काम गरे कांग्रेस नेता कार्यकर्ताले पनि अवसर पाउने उल्लेख गर्दै भरतपुर महानगरपालिकाको मेयरमा बखेडा नगर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘षड्यन्त्रमा फस्यो भने हाम्रो पार्टी खतम हुन्छ । यो गठबन्धन टुटाउने षड्यन्त्र चितवन, भरतपुरबाट हुनै सक्दैन । उहाँलाई पछि छोडिदिनुस्, हामीलाई सहयोग गर्न भनौंला । उहाँलाई यो पटक सहयोग गरेर हेर्नु पर्यो । त्यसैले उहाँलाई जिताउनु हाम्रो कर्तव्य हो ।’