राजनीति

गठबन्धनलाई कुच्चो र भ्याकुम लगाएर बढार्छौं : भक्तपुरवासी



भक्तपुर, २३ बैशाख । आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनको लागि प्रचार प्रसार तिव्र रुपमा भइरहेको छ । आफ्नो पक्षमा मतदातालाई आकर्सित गर्न सत्ता गठबन्धन तथा एमाले लगायतका दलहरु अहोरात्र आक्रमक रुपले लागि परिरहेका छन् ।

यसै क्रममा नेकपा एमाले सूर्यविनायक नगरकमिटीको आयोजनामा वडा नं. ८ मा आज वृहत चुनावी घरदैलो कार्यक्रम गरेको छ । त्यस्तै गठबन्धनका दलहरु कांग्रेस तथा माओवादी केन्द्रले समेत उक्त स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । चुनावी घरदैलो कार्यक्रममा गठबन्धनका दलहरुले एकै समूहमा प्रचार प्रसार नगरी फरक फरक पार्टीको जस्तै गरि घरदैलो कार्यक्रम आयोजना गरिरहेका छन् । प्रचार प्रसार तथा घरदैलो कार्यक्रममा एमालेप्रति जनताको क्रेज बढी मात्रामा रहेको देखिन्छ । एमालेको सयौंको र्याली रहेको उक्त स्थानामा नै गठबन्धनको भने एक दर्जनको हाराहारीमा पनि कार्यकर्ताको सहभागिता देखिँदैन । गठबन्धनको र्यालीको हाराहारीमा भने आजको एमालेको घरदैलो कार्यक्रमका क्रममा नै विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश समेत गरेका छन् ।

एमालेका जिल्ला कमिटी सदस्य तथा वडाध्यक्ष किरण थापाको नेतृत्वमा भएको कार्यक्रममा सूर्यविनाकको गणेश मन्दिरबाट शुरु गरेको सयौंको र्यालीमा स्थानीय जनताले उल्लासका साथ साथ दिएका छन् । विकास र समृद्धिको पर्यायवाची पार्टी एमालेमात्र भएकाले एमालेसँग अन्य दल तथा गठबन्धनको तुलना नै हुन नसक्ने उल्लेख गरे । हातले सूर्यलाई छेकिन्न, एमालेबाहेक अरुलाई देखिन्न भन्ने उद्घोष गर्दै पानी झरीका बिचमा पनि स्वतफूर्त रुपमा आएको स्थानीयवासीको र्यालीले वडाका मुख्य मुख्य चोकहरु परिक्रममा गरेको थियो ।

र्यालीका क्रममा वर्तमान गठबन्धन देश र जनताको लागि ‘ठगबन्धन’ भएको आक्रोस व्यक्त गर्दै विकास र समृद्धिको बाधक गठबन्धनलाई जरैबाट उखेलेर फाले मात्र मुलुकले निकास पाउने तर्क गरे । मुलुकलाई स्वार्थी गठबन्धनबाट मुक्त गराउन सवैले आ–आफ्नो स्थानीय तहबाट कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, नेपाल मजदुर किसान पार्टीलगायतका दलहरुलाई विजयको ढोका बन्द गराई कुच्चो र भ्याकुम लगाएर बढारेर फाल्नै पर्ने तर्क गरे ।

स्थानीयवासीले उद्घोष गर्दै भने, ‘गठबन्धन भनेको ठगबन्धन हो । छोरा, छोरी, श्रीमती, बुहारी, साला, सालीलगायतको लागि मात्र हो । मुलुकको लागि हैन । त्यसैले मुलुकलाई विकास र समृद्धिको यात्रामा अगाडी बढाउन एमाले नै चाहिन्छ । गठबन्धनका दललाई गाउँ गाउँबाट कुच्चो तथा भ्याकुम लगाएर बढार्नुपर्छ । तब मात्र मुलुकले नविनतम सोच र भिजनका साथ अगाडी बढ्न सक्छ । गठबन्धनलाई भक्तपुरको भुगोलमा हैन, गुगलमा सिमित बनाउँछौं ।’