समाचार

आजको मौसम



काठमाडौँ, २५ बैशाख । हाल नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणाली र भारतको मध्यप्रदेशदेखि तामेलनाडुसम्म  बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार प्रदेश–१ को तराई भू–भागका  केही स्थानमा आज बिहानैबाट पानी परिरहेको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ  ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश– १, वाग्मती प्रदेश, गण्डकी प्रदेश  र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।