समाचार

पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ



बारा२५ बैशाख । बारामा दुई पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार सिम्रौनगढ नगरपालिका–१० बसवरीया टोल भएर नेपाल आउँदै गरेको बिआर ०१ सि १ ३१६१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा चालक र त्यसमा सवार दुवै जनाको कम्मरमा एकएक वटा पेस्तोल बरामद भएको हो ।

पक्राउ पर्नेमा मोतीहारी जिल्ला पूर्वी चम्पारण लौखान निवासी २३ वर्षीय पप्पुकुमार यादव र सोही ठाउँ भेलवा निवासी २२ वर्षीय अखलेष कुमारसिंह रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाको साथबाट अटोमेटिक चाइनिज पेस्तोल एक थान, त्यसमा प्रयोग हुने दुई गोली र कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने दुई गोली बरामद गरिएको छ ।