समाचार

काठमाडौँ महानगरको मतगणनास्थल राष्ट्रिय सभागृहमा सीसीटीभी जडान



काठमाडौँ, २९ बैशाख । काठमाडौँ महानगरपालिकाको मतगणना हुने स्थान राष्ट्रिय सभागृहमा सीसीटीभी जडान गरिएको छ । मतगणनास्थलमा सीसीटीभी जडान गर्ने निर्वाचन आयोगको योजना अनुसार नै सभागृहमा सीसीटीभी जडान गरिएको हो ।

मतगणनाको सुरक्षा व्यवस्थापनका लागि तार जाली राखिएको छ । राष्ट्रिय सभागृहभित्र एकसाथ पाँचभन्दा धेरै ठाँउमा मतगणना हुनेछ । मतगणनालाई निष्पक्ष बनाउन देशका विभिन्न स्थानमा सीसीटीभी जडान गरिएको हो ।