रसुवा, २ जेठ । रसुवाको उत्तरगया गाउँपालिका–५ नौबिसेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गएराति दुर्घटना हुँदा चालक सोही गाउँपालिका–१ का ४० वर्षीय राम तामाङ र मोटरसाइकलमा पछाडि सवार नुवाकोटको बिदुर नगरपालीका १० बेत्रावतीकी ४३ वर्षीया पम्फा तामाङको मृत्यु भएको हो ।
दुवै जनाको घटनास्थलमै मृत्यु भएको र सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्