धनुषा, २ जेठ । धनुषाको जनकनन्दनी गाउँपालिका–१ कमलाखोलामा ट्रयाक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार रोकिराखेको प्रदेश २–०१–००१ त ०८३२ नम्बरको ट्रयाक्टरमा खर्बुजा लोड गर्दै गरेकी स्थानीय ४५ वर्षीया गुर्मीदेवी चमारलाई प्रदेश २–०१–००१ त ०९९२ नम्बरको ट्रयाक्टरले ठक्कर दिदा घाइते भएकी थिइन् ।
गम्भीर घाइते भएकी उनको उपचारका क्रममा जिल्ला अस्पताल सिराहामा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न ट्रयाक्टर सहित चालकलाई प्रहरी चौकी इनर्वाले नियन्त्रणमा लिइ थप अनुसन्धान गरीरहेको छ ।










प्रतिक्रिया दिनुहोस्