समाचार

चट्याङ लागेर एक जनाको मृत्यु



झापा, २ जेठ । झापाको हल्दिवारीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गएराति हावाहुरी र वर्षासँगै परेको चट्याङका कारण हल्दिवारी गाउँपालिका–२ राई टोलका २६ वर्षीय भेना हस्दाको मृत्यु भएको हो ।

राति शौचालय जान घरबाट बाहिर निस्किएका उनलाई वर्षासँगै परेको चट्याङले लागेको र घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।