समाचार

मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु



चितवन, ३ जेठ । जिल्लाको भरतपुर महानगरपालिका-५ नयनचोकमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बिशालचोकबाट जानकीचोकतर्फ जाँदै गरेको ना ६३ प ९३०३ नम्बरको मोटरसाइकलले सोमबार बेलुकी विपरीत दिशाबाट आउँदै गरेको ना ३८ प ७८७६ नम्बरको स्कुटरलाई ठक्कर दिदा मकवानपुरको हेटौडा उपमहानगरपालिका-१९ का २० वर्षीय बिशेष दाहाको मृत्यु भएको हो  ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात् फरार भएका मोटरसाइकल चालकको खोजी भइरहेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।