धनुषा, ३ जेठ । धनुषाको जनकपुर उपमहानगरपालिका-२३ लादोबेलामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार हिजो बेलुका जिरोमाईलबाट महोत्तरीतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले सडक पार गर्दै गरेकी स्थानीय ४० वर्षीया शिलादेवी दासलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल सहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी चौकी जिरोमाइलले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्