स्याङजा, ४ जेठ । स्याङजाबाट जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पाँच वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ शुक्लागण्डकी नगरपालिका ११ कंडाले घर भएका ६१ वर्षीय होमबहादुर बिकलाई पक्राउ गरेको हो ।
स्याङजा हरिनास गाउँपालिका–४ राम्चेस्थित नातेदारको घरमा आएका बिकले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्