ललितपुर, ४ जेठ । ललितपुरको बालकुमारीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गएराति कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०२- ०२३ प ०४९१ नम्बरको मोटरसाइकलले अन्दाजी ३० वर्षीय युवकलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका युवकको उपचारको क्रममा आज बिहान ३ बजे बि एण्ड बि अस्पताल ग्वार्कोमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा नाम थर ठेगाना नखुलेका अन्दाजी ३० वर्षीय युवक छन् ।










प्रतिक्रिया दिनुहोस्