अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ४ जेठ । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ९ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९५ हजार ३ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।