दाङ, ४ जेठ । दाङको लमही नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
दाङका ९ वडामध्ये ८ वडा कांग्रेसले जितेको हो । वडा नम्बर ५ मा मात्रै माओवादी केन्द्रले जितेको छ । २०७४ मा मेयर जितेको एमाले भने यसपटक शून्य भएको छ ।
मेयरमा कांग्रेसका जोगराज चौधरी २ हजार ३२ मतान्तरले विजयी भए । उनले ९ हजार ३ सय १७ मत प्राप्त गरे । चौधरी २०७४ मा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका वसन्तराज शर्माले ७ हजार २ सय ८५ मत प्राप्त गरेका छन् । एमालेका दण्डीराम चौधरीले ५ हजार ५ सय ३ मत प्राप्त गरेका छन् ।
उपमेयरमा कांग्रेसकी लक्ष्मी योगी ८ हजार ७ सय ३७ मतका साथ विजयी भएकी छन् ।










प्रतिक्रिया दिनुहोस्