काठमाडौँ, ४ जेठ । नेकपा एमालेका नेता योगेश भट्राईले वर्तमान सरकार जति समय सरकारमा रहेपनि समयको बर्बादीबाहेक केही नहुने बताएका छन् ।
आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले वर्तमान सरकारलाई राज्य संयन्त्रले नपत्याएको बताएका छन् । खासगरी अर्थमन्त्रीले हरेक महिना १० प्रतिशत पूँजीगत खर्च गर्न दिएको निर्देशन मन्त्रालयहरुले नमानेको उल्लेख गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
समाजवाद उन्मुख अर्थतन्त्र बनाउने भनिएको भए पनि उनले सार्वजनिक सेवा, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा नराखी कसरी त्यो लक्ष्य भेटिन्छ भन्ने स्पष्ट नभएको उनले बताए । ‘अघिल्लो सरकारले ३९६ अस्पताल निर्माण गर्न बजेट छु्टयाएको थियो, अहिले सार्वजनिक शिक्षा र स्वास्थ्यको सबलीकरणको कार्यक्रम खै ?,’ उनले भने ।










प्रतिक्रिया दिनुहोस्