चितवन, ४ जेठ । चितवनको कालिका नगरपालिकाको मेयरमा नेकपा एमालेका विनोद रेग्मी निर्वाचित भएका छन् ।
उनले पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका शिवराम केसीलाई १४३ मतले पराजित गर्दै निर्वाचित भएका हुन् ।
रेग्मीले १० हजार ७१४ मत ल्याउँदा पराजित बनेका कांग्रेसका केसीले १० हजार ५७१ मत पाए । उपमेयरमा पनि एमालेकै विमला लामा निर्वाचित भएकी छन् । उनले गठबन्धनबाट उपमेयर उम्मेदवार बनेकी माओवादी केन्द्रकी सविता लामालाई ७६१ मतान्तरले पराजित गरेकी हुन् ।










प्रतिक्रिया दिनुहोस्