समाचार

एक कैदी झुन्डिएको अवस्थामा फेला



रोल्पा, ५ जेठ । रोल्पा कारागारमा एक पुरुष कैदी झुन्डिएको अवस्थामा फेला परेका छन् ।

गएराति सुर्खेतको बराहताल गाँउपालिका–१ घोडाआँखेका २७ वर्षीय विजयविक्रम शाह कारगारको शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

शौचालयको ढोका बन्द रहेको जानकारी पाएपछि प्रहरीले ढोका फोरेको थियो । जिल्ला कारागारमा हाल महिला कैदी ११ र पुरुष कैदी ९६ रहेको बताइएको छ ।