Banner News

बलात्कार आरोपितलाई अनुसन्धानको दायरामा ल्याउन गगन थापाको माग



काठमाडौँ, ६ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कारका आरोपितका सम्बन्धमा अनुसन्धान थाल्न माग गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले उक्त सम्बन्धमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, “हिजो घर फर्कंदै गर्दा एकजना युवती सात वर्षअघि बलात्कृत भएको तर न्याय नपाएको घटना सार्वजनिक भयो । म घर पुग्दै गर्दा घरमा श्रीमती र छोरी डराइरहेको पाएँ, “सभामुख महोदय, यति गम्भीर विषय सार्वजनिक भइसक्दा पनि सरकारले बलात्कार आरोपितलाई अनुसन्धान नगर्नु सकारात्मक कुुरा होइन । यस्तो गम्भीर विषयमा सरकारले तत्काल आरोपितमाथि अनुसन्धान थालोस् ।”