पोखरा, ६ जेठ । पोखरा महानगरपालिकाको मतगणना स्थल बाहिरबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मतगणनास्थलमा हैरानी दिने दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेका मध्ये एक जनाको साथबाट प्रहरीले जनमत पार्टीको प्रतिनिधि परिचय पत्रको फोटोकपी बरामद गरेको छ ।
अर्का एकजनाको साथमा मिति सकिएको सुरक्षाकर्मीको परिचयपत्र भेटिएको छ । उनीहरुमाथि वडा प्रहरी कार्यालय बैदामले अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्