राजनीति

पोखरामा आचार्यको अग्रता कायम, उपमेयरमा गठबन्धन पछि



पोखरा, ७ जेठ । पोखरा महानगरपालिकामा ८० हजार १५४ मत गन्दा गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राख्नुभएको छ ।

आचार्यले ३२ हजार ४८० मत ल्याउँदा एमालेका कृष्ण थापाले २९ हजार ४१ मत पाउनुभएको छ । आचार्य र थापाबीचको मतान्तर ३४३९ रहेको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस)ले २२४९ मत ल्याउनुभएको छ । उपमेयरतर्फ गठबन्धनका उम्मेदवार कोपिला रानाभाट ३२ हजार ९५९ मत ल्याउँदा एमालेकी मञ्जुदेवी गुरुङ्ग, ३३ हजार २२१ मत ल्याउनुभएको छ ।