धनगढी, ७ जेठ । कैलालीको धनगढीबाट अछाम जाँदै गरेको यात्रीवहाक बस डोटीमा दुर्घटना हुँदा चारजना घाइते भएको छ भने एक बालक बेपत्ता भएका छन ।
प्रहरीका अनुसार आज बिहान ना५ख ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका–१, गरेपानीमा दुर्घटना हुँदा चारजना घाइते भएका छन् । बस सडकबाट सेती नदीको किनारमा खसेको छ ।
दुर्घटनामा १८ महिनाका एक बालक बेपत्ता भएका छन् । प्रहरी घटनास्थलमा पुगेर उद्धार र विस्तृत विवरण संकलन गरिरहेको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्