समाचार

सिरहामा बाबु–छोराको हत्या



जनकपुरधाम, ८ जेठ । सिरहामा बाबु–छोराको हत्या भएको छ ।

प्रहरीका अनुसार जिल्लाको अर्नमा गाउँपालिका–१, महनौरका ६० वर्षीय चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमारको हत्या भएको हो ।

दुवैजनाको शनिबार राति धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । घटनामा संलग्नको पहिचान भएको छैन । सन्तकुमारको यही जेठ ११ गते विवाह हुने तय थियो । उनी महनौर बजारमा हार्डवेयर पसलमा कार्यरत थिए ।

दुवैजनाको शव पोस्टमार्टमका लागि पठाइएको र उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।