काठमाडौँ, ११ जेठ । हालसम्म ७४५ स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम सार्वजनिक भएको छ ।
बुधबार दिउँसो ६ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५ महानगर, १० उपमहानगरसहित ७४५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । काठमाडौँ महानगरपालिका र तुलसीपुर उपमहानगरपालिकासहित ८ वटा पालिकाको अन्तिम परिणाम आउन बाँकी छ। जसमध्ये बाजुराको बुढीगंगा नगरपालिकामा अझै मतगणना सुरू भएको छैन ।
हालसम्मको नतिजा
नेपाली कांग्रेस ३२४
नेकपा एमाले २०३
नेकपा माओवादी केन्द्र १२१
जनता समाजवादी पार्टी ३०
नेकपा एकीकृत समाजवादी पार्टी २०
लोकतान्त्रिक समाजवादी पार्टी १६
स्वतन्त्र १२
राष्ट्रिय प्रजातन्त्र पार्टी ४
राष्ट्रिय जनमोर्चा ४
नागरिक उन्मुक्ति पार्टी ४
जनमत पार्टी ९जपा० २
नेपाल मजदुर किसान पार्टी १
जनता प्रगतिशील पार्टी १
तराई(मधेश लोकतान्त्रिक पार्टी १
विवेकशील साझा पार्टी १
यी हुन अब नतिजा आउन बाँकी रहेका पालिकाहरू
उदयपुर कटारी नगरपालिका नेपाली कांग्रेसको अग्रता
उदयपुर त्रियुगा नगरपालिका नेपाली कांग्रेसको अग्रता
रौतहट फतुवा विजयपुर नगरपालिका नेपाली कांग्रेसको अग्रता
काठमाडौं काठमाडौं महानगरपालिका स्वतन्त्र उम्मेदवारको अग्रता
रुपन्देही तिलोत्तमा नगरपालिका नेपाली कांग्रेसको अग्रता
कपिलवस्तु महाराजगञ्ज नगरपालिका नेपाली कांग्रेसको अग्रता
दाङ तुलसीपुर उपमहानगरपालिका नेकपा एमालेको अग्रता
बाजुरा बुढीगंगा नगरपालिका गणना हुन बाँकी










प्रतिक्रिया दिनुहोस्