दाङ, १३ जेठ । दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही-१० सेवार खोला नजिकै गएराति रा १ क ४३७३ नम्बरको ट्रकले रा ५ प १५३ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
दुर्घटनामा घोराही-१९ नयाँ बस्तीका २५ वर्षीय बागकुमार पुनकाे मृत्यु भएको र उनको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ । उक्त दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्