समाचार

मङ्कीपक्स रोगकाे लक्षण देखिए १११५ मा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयको आग्रह



काठमाडौँ, १४ जेठ । स्वास्थ्य मन्त्रालयले मङ्कीपक्स रोगप्रति सचेत रहन आग्रह गरेको छ । विश्वमा मङ्कीपक्स रोग फैलिन थालेको र त्यसबाट नेपाल पनि जोखिममा रहेको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्कीपक्सका सङ्क्रमित फेला परेको छैन । नेपालमा सङ्क्रमण नदेखिए पनि सचेत हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले ज्वरो आएको एकदेखि तीन दिनभित्र अनुहार, हल्केला र पैतलामा दाग वा डाबर देखिएमा मन्त्रालयको हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।