अर्थ

स्थानीय तहमा अस्पताल बनाउन १० अर्ब बजेट



काठमाडौँ, १५ जेठ । सरकारले स्थानीय तहमा निर्माणाधीन ६५५ अस्पतालका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ती अस्पतालको निर्माण सम्पन्न आगामी आवमा गर्ने घोषणा गरेका छन् ।

अर्थमन्त्री शर्माले पुराना जीर्ण अवस्थामा रहेका अस्पताल भवनको समेत स्तरोन्नती गरिने जानकारी गराए । अर्थमन्त्री शर्माका अनुसार जेष्ठ नागरिकलाई विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्न २० वटा अस्पतालम जेष्ठ नागरिक वार्ड सञ्चालनमा ल्याइने भएको छ । त्यस्तै सरकारले ४० वर्षमाथिका नागरिकलाई नसर्ने रोगको निःशुल्क स्क्रिनिङ सेवा सञ्चालन गर्ने भएको छ ।

आर्थिक वर्ष ०७९-८०को बजेटमार्फत सरकारले ४० वर्ष नाघेका नागरिकलाई वर्षमा एक पटक निःशुल्क स्कृनिङ सेवा सञ्चालन गर्न लागेको हो ।