अर्थ

जडीबुटी खेती प्रवर्द्धन र जडीबुटीको निर्यातमा जोड



काठमाडौँ, १६ जेठ । सरकारले मुलुकको व्यापार खाटा कम गर्ने लक्ष्यका साथ जडीबुटी खेती प्रवर्द्धन र जडीबुटीको निर्यातमा जोड दिएको छ। आर्थिक वर्ष २०७९/०८० को बजेट मार्फत सरकारको स्वीकृतिमा औषधिजन्य जडीबुटीको खेती, प्रशोधन एवं निर्यातलाई प्राथमिकता दिएको हो ।

संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले जडीबुटी खेती र निर्यातको व्यवस्था मिलाइएको बताए । जडीबुटीको विशेषता र उपलब्धताको आधारमा प्रदेश स्तरमा जडीबुटी प्रशोधन उद्योग स्थापना गरिने बजेट वक्तव्यमा उल्लेख छ। “सरकारको स्वीकृतिमा सबै किसिमका औषधिजन्य जडीबुटीको खेती गरी प्रशोधन एवं निर्यात गर्न आवश्यक व्यवस्था मिलाइने, पहाडी र हिमाली क्षेत्रमा पाइने बहुमूल्य एवं बहुउपयोगी जडीबुटीहरूको प्रशोधन उद्योगलाई प्रोत्साहन दिइनेछ, अर्थमन्त्री शर्माले भने । यो समाचार आजको कारोबार दैनिकमा छ ।