काठमाडौँ, १६ जेठ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
सोमबार राष्ट्रिय सभागृहमा आयोजित प्रमाण पत्र तथा सपथ ग्रहण समारोहमा उनले पद तथा गोपनीयताको सपथ लिएका हुन् । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले सपथ खुवाएका हुन् ।
बालेनले शपथ ग्रहण गरेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराएका छन् । सुनिताले नेपाल भाषामा शपथ ग्रहण गरेकी छन् ।त्यसपछि मेयर साहले वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराएका छन् ।










प्रतिक्रिया दिनुहोस्