एजेन्सी, १९ जेठ । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको याआन सहरमा गएको ६.१ म्याग्नेच्यूडको भूकम्पमा परी चार जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो गएको भूकम्पमा परी अन्य ४० भन्दा बढी घाइते भएका छन् । बिहीबार बिहान ९ बजेसम्म बाओक्सिङ काउन्टीमा ३४ र लुसान काउन्टीमा ११ जना घाइते भएका एक पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ । भूकम्पबाट याआनमा १३ हजार ८१ जना प्रभावित भएका छन् । उक्त भूकम्पको केन्द्रबिन्दु १७ किलोमिटर गहिराइमा ३०.४ डिग्री उत्तर अक्षांश र १०२.९ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्