काठमाडौं, १९ जेठ । राष्ट्रियसभामा संघीयता कार्यान्वयन सम्बन्धी विषयमा संकल्प प्रस्ताव पेस भएको छ ।
आज बसेको राष्ट्रियसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले दर्ता गराएको संकल्प प्रस्ताव खिमलाल देवकोटाले संसदमा पेस गरेका हुन् ।
राष्ट्रियसभा सदस्य देवकोटाको प्रस्तावक र जितेन्द्रनारायण देव, गोपीबहादुर सार्की अछामी, नन्दा चपाँई, प्रमिलाकुमारी र देवेन्द्र दाहाल समर्थकमा १५ बुँदे संकल्प प्रस्ताव दर्ता भएको हो । संकल्प प्रस्तावमा संघीयताको गहन अध्ययनका लागि संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय समिति वाञ्छनीय देखिएको रहेको छ । सातै प्रदेश र केही पालिकासमेतको अध्ययनका आधारमा संकल्प प्रस्ताव प्रस्तुत गरिएको प्रस्तावमा उल्लेख छ ।










प्रतिक्रिया दिनुहोस्