Banner News

गठबन्धनमा शक्ति थप्ने दाउमा प्रधानमन्त्री देउवा



काठमाडौँ, २२ जेठ । स्थानीय तह निर्वाचन परिणामबाट उत्साहित बनेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि ल्याउन कसरत थालेका छन् ।

स्थानीय तह निर्वाचन अघि नै लोसपालाई सत्ता गठबन्धनमा ल्याउने प्रयास गरेका देउवाले निर्वाचन सम्पन्न भएपछि पनि त्यो कसरतलाई जारी राखेका छन् । लोसपाले देउवा नेतृत्वको सरकारलाई समर्थन दिंदै आएकाे छ । शनिबार प्रधानमन्त्री देउवासँग भेट्न लोसपाका अध्यक्ष महनथ ठाकुर प्रधानमनत्र निवास बालुवाटार पुगेका थिए । सोही क्रममा प्रधानमनत्री देउवा र ठाकुरबीच सत्ता गठबन्धनमा सहभागी हुने विषयमा छलफल भउको स्रोतकाो दावी छ। यो समाचार आजको राजधानी दैनिकमा छ ।