राजनीति

म आफ्नो कुरामा धेरै प्रस्ट छु : घनश्याम भुसाल



काठमाडौँ, २२ जेठ । अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको आरोपमा अनुशासन आयोगको कारवाही सिफारिसमा परेका एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसाल आफू आफ्नो कुरामा प्रस्ट रहेको बताएका छन् ।

भुसाललाई केशव बडाल अध्यक्ष रहेको अनुशासन आयोगले अध्यक्षविरुद्ध आलोचनात्मक अभिव्यक्ति दिएको भन्दै कारवाहीका लागि पार्टी केन्द्रीय कमिटी समक्ष सिफारिस गरेको थियो ।

उनले भनेका छन, ‘म आफ्नो कुरामा प्रस्ट छु ।, ‘मेरो चिन्ता एमाले बिग्रियो भन्ने हो । मेरो पोजिसन, मेरो अध्यक्षको पोजिसन यो सवै वाम आन्दोलनभित्र नेकपा एमालेको जीवनभित्र छ ।, ‘मेरा स्वार्थ, मेरा हित र मेरो अहंकारभित्र मैले मेरो समूह, समाज र आन्दोलन खोज्ने होइन । म आफ्नो कुरामा धेरै प्रस्ट छु ।’