काठमाडौँ, २२ जेठ । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रलाई माया र सम्मान गर्नुपर्ने बताउनुभएको छ ।
आइतबार नेपाल कृषि मेसिनरी व्यवसायी संघको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले किसानहरू हेपिएर देश बन्न नसक्ने बताउनुभयो । किसानहरू हेपिएर देश बन्न नसक्ने भन्दै किसानहरुले दुखेको गर्ने अवस्था आएमा देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउन नसकिने उल्लेख गर्दै उहाँले देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउनका लागि राष्ट्रिय संकल्प र त्यसप्रकारको नीतिको अभाव रहेको बताउनुभयो । कृषि क्षेत्रलाई प्रवद्र्धन गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा उहाँको जाडि थियो ।
कृषिमा उत्पादकत्व वृद्धिका लागि मलको आपूर्ति, प्रविधिहरुको हस्तान्तरण र सिँचाइको व्यवस्था लगायतका कामहरूलाई एकीकृत गरी लैजानु आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्