कपिलवस्तु, २२ जेठ । कपिलवस्तुमा माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार विजयनगर गाउँपालिका १ का ४५ बर्षीया जोक बहादुर खन्गाहाको माछा मार्ने क्रममा चिरही खोलामा डुबेर मृत्यु भएको हो ।
माछा मार्न खोलामा गएका खन्गााहालाई चिरही खोलामा डुबेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्