काठमाडौँ, २३ जेठ । नवलपरासी पश्चिमस्थित जिल्ला अदालत परिसरमा गोली चलेको छ ।
प्रहरीका अनुसार जग्गा अंशवण्डा गर्ने विषयमा विवाद भएपछि एकजनाले आफन्तलाई लक्षित गरेर गोली प्रहार गरेका हुन् ।
प्रहरीकाअनुसार कसैलाई पनि गोली भने लागेको छैन । गोली चलाउने व्यक्ति फरार छन् । उनी खोजी भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्