काठमाडौँ, २४ जेठ । काठमाडौँको धोबी खोलामा एक जनाको शव फेला परेको छ ।
प्रहरी परिसर काठमाडौँका अनुसार सुकेधारबाट कपन जानेबाटो नजिक खोलामा पुरुषको शव फेला परेको हो । खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो ।
खोलाले बगाएको वा अरू कारणले मृत्यु भएको भन्ने केही खुलेको छैन । पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्