समाचार

आजको मौसम



काठमाडौँ, २५ जेठ । हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले अनुसार हाल पूर्वी नेपालमा मात्रै मौसमी वायु सक्रिय रहेको छ । मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुँदा काठमाडौंसहित केही स्थानमा पानी परिरहेको हो ।

आज दिउँसो प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।