काठमाडौँ, २५ जेठ । नेकपा एमालेका नेता योगेश भट्टराईले वर्तमान अहिलेको सरकार मल नभइ ‘माल’ खोजिरहेको बताएका छन् ।
आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता भट्टराईले सरकार मलको सट्टा ‘माल’ खोजिरहेको बताएका हुन् ।
उनले भने, ‘यो समयमा मल खोज्न भारत जानु भएका कृषिमन्त्री कहाँ पुग्नुभयो, मल आउँछ कि आउँदैन,’ उनले सरकारलाई प्रश्न गरे, ‘मल नपाएपछि थकित भएर उतै निर्वासित हुनुभयो कि भन्ने आशंका पनि छ ।’ ‘यो सरकारले मल ल्याउन सकेको छैन । मलमा ‘माल’ खोजिरहेको छ, ‘जबसम्म माल आउँदैन । तबसम्म मल आउनेवाला छैन ।’ किसानले मल खोजेको बताउँदै मालको पछि लाग्ने मन्त्री नखोजेको उनको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्