समाचार

सिनामंगलमा एक जनाको शव फेला



काठमाडौँ, २६ जेठ । काठमाडौँको सिनामंगलस्थित बिष्णु मन्दिरको परिसरमा एक जना पुरुषको शव फेला परेको छ ।

प्रहरीका अनुसार आज बिहान ओखलढुंगाका अन्दाजी ४० वर्षीय विशाल कामी बेवारिसे अवस्थामा मृत अबस्थामा फेला परेको हो । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।