काठमाडौँ, २७ जेठ । नेकपा एमालेका सांसद रामबीर मानन्धरले काठमाडौँको फोहोर व्यवस्थापनको जिम्मेवारी आफूलाई दिन माग गरेका छन् ।
आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मानन्धरले आफू पनि महानगरपालिकाको मेयरको आकांक्षी भए पनि नपाएको उल्लेख गर्दै आफ्नो नेतृत्वमा फोहोर व्यवस्थापन समिति बनाए काम गरेर देखाउने बताए ।
उनले भने, “फोहोर व्यवस्थापन गर्न सक्ने मै हुँ, मेयरको लागि म पनि आकांक्षी थिएँ, हुन सकिन । संसदले मेरो अध्यक्षमा फोहोर मैला व्यवस्थापन समिति गठन गरोस् । फोहोर मैला व्यवस्थापन गर्न सक्ने मै हुँ समिति बनाओस् । यो व्यवस्थापन मैले गर्न सक्छ ।”










प्रतिक्रिया दिनुहोस्