काठमाडौँ, २७ जेठ । आज पनि सेयर बजार १४.६४ अंकले घटेको छ ।
आज कारोबार रकम १ अर्ब भन्दा कममा सीमित भएको छ । आज बजार २०४८.१६ बिन्दुमा पुगेर रोकिएको छ । यस दिन कुल २२९ कम्पनीको १८ हजार ६१७ वटा कारोबारबाट ३० लाख ४५ हजार ८३८ कित्ता सेयर किनबेच भएको छ ।
शुक्रबार कारोबार रकम भने ८९ लाख ४१ हजार २४ हजार ११४ रुपैयाँ कायम भएको छ । शुक्रबार सबै उपसमूहको मूल्य घट्दा सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन क्षेत्रका लगानीकर्ताले गुमाए । शुक्रबार उपकार लघुवित्त वित्तीय संस्था र ग्रीन भेन्चर लिमिटेडको मूल्यमा पोजेटिभ सर्किट लाग्यो । बलेफी हाइड्रोको मूल्य समेत ९.९८ प्रतिशतले बढेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था, युनिलिभर नेपाल, युनाइटेड आइडीआइ मार्दीसहितका कम्पनीको मूल्य बढी घटेको छ ।










प्रतिक्रिया दिनुहोस्