भक्तपुर, २७ जेठ । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफ्नो पूर्वघोषणा अनुसार आफुले नगरपालिकाबाट पाउने गाडी सुविधा चाँगुनारायण अस्पताललार्इ हस्तान्तरण गर्नु भएको छ ।
निर्वाचित हुनु अघि नगरपालिकाबाट आउने सेवा सुविधा लगायत तलब भत्ता नलिने घोषणा गरे अनुसार उपप्रमुखले आज एक कार्यक्रम बिच उक्त गाडी चाँगुनारायण अस्पतालका प्रमुख लोकेन्द्र पौडेललाई हस्तान्तरण गर्नुभयो । उक्त गाडी नगर क्षेत्र भित्र रहेका बृद्दबृद्दा, शारीरिक अशक्त, दिर्घ रोगी, बिरामीहरूलाई घरदैलोमै गई चिकित्सकिय सेवा प्रदान गर्ने हेतुले अस्पताललाई हस्तान्तरण गरियको नगर उप प्रमुख रमेश बुढाथोकीले जानकारी दिनु भएको छ ।
छिटै नै उहाँले पाउने तलब भत्ता पनि छुट्टै कोष खडा गरि नगर क्षेत्रका गरिव जेहेन्दार विद्यार्थीको पठनपाठन, एकल महिला, उपाङ्ग अशक्त ब्यक्तिहरुको बृद्दि विकासको क्षेत्रमा, महिला उध्यमसिलता एवं स्वरोजगारको क्षत्रमा खर्च गरिने कुरा जानकारी गराउनु भएको छ ।










प्रतिक्रिया दिनुहोस्