काठमाडौँ, २८ जेठ । मनसुन भित्रिएसँगै नेपालका पूर्वी र मध्य भागमा नियमितजसो वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार २२ जेठमा पूर्वी नेपालबाट प्रवेश गरेको मनसुनी वायु देशभर फैलने क्रममा छ। काठमाडौं उपत्यकामा पनि नियमित वर्षा भइरहेको छ । नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव छ भने पश्चिमी तथा मध्य भूभागमा स्थानीय वायु र भारतको उत्तर प्रदेशसँगै विहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव छ ।
आज दिनभर प्रदेश १, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का देखि मध्यम वर्षा तथा मधेश प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागहरूका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
त्यस्तै आज राती प्रदेश १, मधेश प्रदेश , बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का केही स्थानहरू र अन्य प्रदेशका पहाडी भू-भागहरूका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।










प्रतिक्रिया दिनुहोस्