सुर्खेत, २८ जेठ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकार स्थापना भए देखिको ऋण तिर्दा नै कार्यकाल सकिने अवस्था आएको बताउनुभएको छ ।
नीति तथा कार्यक्रममाथि प्रदेशसभाका सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शाहीले पुरानो ऋण तिर्नु आफ्नो दायित्व भएको बताउनुभयो । जथाभावी योजना बनाइ काम गराएका कारण अहिले ऋण तिर्न हम्मे हम्मे भएको उल्लेख गर्दै उहाँले अहिले असन्तुलित बजेट आउने जानकारी गराउनुभयो । नीति तथा कार्यक्रममा भएका कुराहरु नै अबको बजेटको मूल उद्देश्य हुने उल्लेख गर्दै उहाँले अब जुनसुकै कार्यक्रमको अनुसन्धान गरेर मात्र कामको थालनी गर्ने योजना रहेको बताउनुभयो ।
मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘हिजोका दिनमा बजेट जथाभावी बाँडिएका कारण अहिले बजेटमा सन्तुलन मिलाउन नसकिने अवस्था छ ।’










प्रतिक्रिया दिनुहोस्