काठमाडौँ, २८ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई मुलुकको अहित भएको सैह्य नहुने चेतावनी दिनुभएको छ ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राजनीतिभन्दा माथि उठेर कुरा गर्ने हो भने पनि मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन, विकासको बाटोमा अघि बढाउन एमाले बाहेकका अन्य शक्तिले नसक्ने बताउनुभयो । अध्यक्ष ओलीले एमालेबाहेक अन्य दलले मुलुकलाई समृद्ध बनाउन सक्दैनन् भन्नु सत्य कुरा भएको जिकीर समेत गर्नुभयो । आफ्नो पार्टी बाहेकका अन्य कुनै पनि दलले देशलाई विकसित, सभ्य र आधुनिक बनाउन नसक्ने दाबी गर्नुभएको छ ।
स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्न सहयोग गरेका कलाकारहरुको सम्मानमा उहाँले एमाले बाहेक अन्य दलले ‘समृद्ध नेपालः सुःखी नेपाली’ भनेको सुन्नु भएको छ रु भनि प्रश्न समेत गर्नुभयो । अध्यक्ष ओलीले देशको भूभाग समेटेर नक्सा जारी गर्न, चीनतिरको नाका खुलाउन, तराईमा डुबान भएको जमिन खोल्न, मिचिएको सीमा समस्या समाधान गर्न एमालेनै चाहिएको भन्दै अरु पार्टीहरुले त्यो गर्न नसक्ने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्