काठमाडौँ, २९ जेठ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार एकलौटी नभएकाले चाहे अनुसार धेरै काम गर्ने स्थिति नरहेको बताउनुभएको छ ।
नेपाल ट्रेड युनियन कांग्रेसको काठमाडौँ सुरु भएको राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै उहाँले एकलौटी सरकार नभएकाले नेपाल ट्रेड युनियन कांग्रेसले धेरै माग दावी गर्न नमिल्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले श्रमिकहरुको हक, अधिकारको सुरक्षा र उनीहरुको लागि आवश्यक सुविधा उपलब्ध गराउन सरकार दृढ संकल्पित रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘एउटा कुरा के बुझ्नु पर्योल भने तपाईंहरुले यो कांग्रेसको एकलौटी सरकार होइन । यो नबुझिकन तपाईंहरुले यो धेरै क्लेम गर्ने कुरा छैन । संविधान तथा प्रचलित कानुनमा श्रमिकको हकलाई पूर्ण रुपमा कार्यान्वयन गराउने कुरामा सरकार प्रतिबद्ध छ । वर्तमान सरकार श्रमको सम्मान गर्दै सबै श्रमिकलाई सुरक्षित र मर्यादित रोजगारी उपलब्ध गराउन दृढ संकल्पित छ ।’
प्रधानमन्त्री देउवाले विपन्न र अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरको हितका लागि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको स्मरण गर्दै श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो ।










प्रतिक्रिया दिनुहोस्